काठमाडौँ । २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्रनिर्माताको योगदानका विविध पक्षको स्मरण गर्दै मुलुकभर मनाइएको छ । सोही क्रममा सिंहदरबारको पश्चिम मूलद्वारअगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उनको योगदानको स्मरण गरियो । राष्ट्रिय पोशाक तथा आआफ्ना लोकसंस्कृति झल्कने वेशभूषामा रहेका समाजका विभिन्न क्षेत्रसँग आबद्ध महानुभावले ¥याली गर्दै शालिकमा पुगेर माल्यार्पण तथा पुष्पगुच्छा अर्पण…