नेपाल

भागरथी हत्या प्रकरणका आरोपी सार्वजनिक

भागरथी हत्या प्रकरणका आरोपी सार्वजनिक


काठमाडौँ । बैतडीको भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । 
 
बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक आज सार्वजनिक गरेको हो ।
 
भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो । 
 
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको उनले बताए ।
 
उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले बताए । भट्टविरुद्ध भागरथीको दाइले किटानी जाहेरीसमेत दिएको उनले बताएका छन् ।
 

शेयर गर्नुहोस:

0
Shares