प्रतिनिधिसभा पुनःस्थापना नभए निर्वाचनमा जान्छौँ : अध्यक्ष यादव

राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे पार्टी जनअदालतमा जाने बताएका छन् ।    प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले सप्तरीको राजविराजमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्नेक्रममा यादवले संविधानमा भएको व्यवस्थानुसार सर्वोच्च अदालतले विघटनलाई खारेज गरी पुनःस्थापनाको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गर्दै नभए निर्वाचनका लागि तयार रहेको स्पष्ट गरे ।  …