नेपाल

सांसद् आचार्यद्वारा भूकम्पले भत्किएको विद्यालय भवन निर्माणको उद्घाटन

सांसद् आचार्यद्वारा भूकम्पले भत्किएको विद्यालय भवन निर्माणको उद्घाटन


रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका ३ पाच्र्याङस्थित गौतमबुद्ध माध्यमिक विद्यालयको पक्की भवन निर्माण भएको छ । २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले भवन भत्किएपछि टहरामा सञ्चालन हुँदै आएको थियो । 
 
विद्यालय जापान सरकार र शान्ति भोलिन्टियर एसोसिएसनको आर्थिक तथा प्राविधिक सहयोग एवं ग्रामीण विकास समाज नेपालको समन्वयमा विद्यालयको १२ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो ।
 
नवनिर्मित भवनको शुक्रबार प्रतिनिधिसभा सदस्य मोहन आचार्यले उद्घाटन गरेका छन् । विद्यालय भवन उद्घाटन गर्दै सांसद् आचार्यले अब ग्रामीण क्षेत्रको विद्यालयहरुलाई क्याम्पस तहमा स्तरोन्नति गर्न आवश्यक पहल गर्ने बताए । 
 
जनप्रतिनिधिको हैसियतले शिक्षा क्षेत्र मात्र नभएर सडकको बिस्तार, खानेपानी पर्यटन प्रवद्र्धन, कृषि र रोजगारीको क्षेत्रमा समेत आफूले काम गरिरहेको उनले बताए ।
२०७२ सालको महाभूकम्पपछि विद्यालय टहरामा पठनपाठन हुँदै आएको थियो । अहिले भूकम्प प्रतिरोधी पक्की भवनमा पठनपाठन गर्न पाउँदा अत्यन्तै खुसी लागेको विद्यालयका प्रधानाध्यापक सुभद्र लामाले बताए ।
 
कुल ४ करोड २२ लाख रुपैयाँको लागतमा विद्यालयको भवन निर्माण सम्पन्न भएको ग्रामीण विकास समाजका अध्यक्ष पदम उप्रेतीले बताए । 
 
भवन उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य प्रेम तामाङ, नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु साङ्बो घले, शान्ति भोलेन्टियर एसोसिएसन नेपालका निर्देशक ताकाफुमी मियाकेलगायतकोे उपस्थिति थियो ।
 

शेयर गर्नुहोस:

162
Shares