काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने अधिकार बहुमतको प्रधानमन्त्रीलाई रहेको एमीकस क्युरी वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले तर्क गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा एमीकस क्युरीको तर्फबाट राय राख्दै बुधबार मैनालीले भने, ‘संविधानको धारा ७६ को उपधारा ७ को प्रतिनिधिसभा विघटनको अधिकार बहुमतको प्रधानमन्त्रीलाई पनि छ ।’ कुनै पनि पार्टीले सरकार गठन गर्न मानेन भने…