पूर्वसांसद् एकनाथ रानाभाटको देवघाटमा अन्त्येष्टि

चितवन । पूर्वसांसद एकनाथ रानाभाटको पवित्र तीर्थस्थल देवघाटमा आज अन्त्येष्टि गरिएको छ । उनको उपचारका क्रममा सोमबार ६६ वर्षका उमेरमा निधन भएको थियो ।    रत्ननगर नगरपालिका–१४ पिठुवा निवासी उनको उच्च रक्तचापका कारण मष्तिष्काघात भएपछि गत माघ २६ गते चितवन मेडिकल कलेज भर्ना भएका थिए ।     सोही अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो…