मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेकपा आधिकारिताको फैसला फागुन २० मा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ । 
 
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहीबार नेपाल कम्युनिस्ट पाटी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएको विवादमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएपछि फैसला सुनाउने मिति तोकिएको हो ।
 
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ साल जेठ ३ मा एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएको थियो ।
 
नेकपाका अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ साल जेठ ३ मा एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएकाविरुद्ध रिट निवेदन दायर गरेका थिए । 
 
अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा उतिबेलै त्यसविरुद्ध उजुरी दिए पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पक्षमा निर्णय गरेको थियो । हाल ओली र दाहाल पक्षबीचमा पनि विवाद देखिएका बेला आयोगको यस मुद्दाको फैसला अर्थपूर्ण हुने देखिन्छ । आयोगको उक्त निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मंसिर २१ गते रिट दायर गरेका थिए । 
 
नेकपा आधिकारिताको फैसला फागुन २० मा  काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहीबार नेपाल कम्युनिस्ट पाटी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएको विवादमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएपछि फैसला सुनाउने मिति तोकिएको हो ।