चितवन पुगेर ओलीले फेरि भने- ‘रामको जन्म माडीको अयोध्यापुरीमा भएको हो’

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दोहोर्‍याएका छन् । एमाले चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आएका ओलीले रामको जन्म चितवन भएको दोहोर्‍याएका हुन् । उनले भने, 'अहिले पनि ठानिरहेका छौँ, रामको जन्म यही चितवनको माडी हो । शास्त्रले भनेको छ,…