न्यू जर्सीको बिएपिएस स्वामीनारायण मन्दिर अक्षरधाम हेर्ने हुटहुटी मलाई सर्वसाधारणको लागि खुल्ला गरिएको बेलादेखि नैं थियो । खासगरी निर्माण हुँदैगर्दा परिचितहरु मन्दिरहातामा गएर खिचेको फोटोहरु र उनीहरुले गरेका वर्णनहरुले नैं मन्दिर निकै भब्य होला भन्ने बुझें । झन् यो मन्दिर गतवर्ष अक्टोबरमा एउटा निकै ऐतिहासिक र भव्य समारोहमाकाबीच उद्घाटन भइसकेपछि त मन्दिरको भव्यताको बारेमा तस्वीर,…