मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

विपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह

विपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अल अन्सारीले शिष्टाचार भेटघाट गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखक र राजदूत अल अन्सारीबीच नेपाल र कतारबीचको गहिरिँदै गएको सम्बन्धका बारेमा चर्चा भएको थियो ।

भेटमा क्रममा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अल अन्सारीलाई विशेष आग्रह गरेका थिए ।

गृहमन्त्री लेखकले कतारमा रहेका नेपाली कामदारहरुलाई २४ घन्टा नै बिमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीहरुको राहत र उद्धारमा जोड दिँदै विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छूटको व्यवस्था मिलाइदिनसमेत आग्रह गरे ।

सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतारबीच सहकार्य बढाउनेपर्नेमा गृहमन्त्री लेखकले जोड दिए ।

यस्तै, राजदूत अल अन्सारीले विपीन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए । कतारको विकासमा नेपालीहरुको सहयोगको प्रशंसासमेत राजदूतले गरेका थिए ।

शेयर गर्नुहोस:

135
Shares