मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

क्यान्सर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

क्यान्सर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

लेखा अधिकृत कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घूस लिएको अवस्थामा पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।

Advertisement
ADVERTISEMENT

अख्तियारले लेखा अधिकृत कोइरालाले ६ लाख रुपैयाँ घूस मागेकोमा एक लाख ५० हजार रुपैयाँ घूस रकम नगद र चार लाख ५० हजार रुपैयाँको चेकसमेत लिएको पुष्टि भएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।

साथै, कोइरालाले दुई वर्षअघि दुईपटक गरेर एक लाख चार हजार रुपैयाँसमेत लिएको पाइएको र सो रकम दुई वर्षभन्दा बढी समय भइसक्दासमेत फिर्ता गरेको नदेखिएकोले सेवाग्राहीसँग व्यावसायिक आचरणविपरीत आफू बहाल रहेको पदअनुसार सम्पादन गर्नुपर्ने कामसँग सम्बन्धित व्यक्तिसँग सो रकम सापटी लिएको पुष्टि हुन आएको उल्लेख गरेको छ ।

शेयर गर्नुहोस:

135
Shares