नेपाल

क्यान्सर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

क्यान्सर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

लेखा अधिकृत कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घूस लिएको अवस्थामा पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।

Advertisement

अख्तियारले लेखा अधिकृत कोइरालाले ६ लाख रुपैयाँ घूस मागेकोमा एक लाख ५० हजार रुपैयाँ घूस रकम नगद र चार लाख ५० हजार रुपैयाँको चेकसमेत लिएको पुष्टि भएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।

साथै, कोइरालाले दुई वर्षअघि दुईपटक गरेर एक लाख चार हजार रुपैयाँसमेत लिएको पाइएको र सो रकम दुई वर्षभन्दा बढी समय भइसक्दासमेत फिर्ता गरेको नदेखिएकोले सेवाग्राहीसँग व्यावसायिक आचरणविपरीत आफू बहाल रहेको पदअनुसार सम्पादन गर्नुपर्ने कामसँग सम्बन्धित व्यक्तिसँग सो रकम सापटी लिएको पुष्टि हुन आएको उल्लेख गरेको छ ।