छोरीको दीक्षान्त समारोह नजिकिँदै थियो । त्यसका लागि म अमेरिकाको सानफ्रांसिस्को जानुपर्ने तर मेरो स्वास्थ्यका कारण डाक्टरले मलाई हवाई यात्रा निषेध गरेका थिए । फलस्वरूप म चिन्तित थिएँ । बिहानै भगवान पुकार्दै डाक्टरकोमा पुगेँ र सोधेँ - के म उँड्न सक्छु ? केहीबेरको परीक्षणपछि डाक्टरले हाँस्दै भन्नुभयो - तपाईँ मजाले हवाईयात्रा गर्न सक्नुहुन्छ । निदाँउरो…