मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

दूधकोशी आसपासका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह

दूधकोशी आसपासका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

खोटाङ। जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चेको थामेमा आजदेखि भीषण बाढी आएपछि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

‘दूधकोशीको शीरमा रहेको ताल फुटेको भन्ने प्रारम्भिक सूचना प्राप्त भएको छ,’ जिल्ला प्रशासन कार्यालय खोटाङका प्रशासकीय अधिकृत शिवकुमार राईले शुक्रबार साँझ जारी गरेको सूचनामा भनिएको छ, ‘दूधकोशी किनारमा बसोबास गर्ने र अन्य कार्य गर्ने नागरिक सतर्क रहन अनुरोध छ ।’

Advertisement
ADVERTISEMENT

बाढीले सोलुखुम्बुस्थित खोला किनारमा रहेको थामे गाउँको दर्जन बढी घर, विद्यालय भवन तथा स्वास्थ्य चौकी बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । थामेखोलाको बाढी क्रमशः भोटेकोशी हुँदै दूधकोसीतर्फ झर्दै गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

बाढीले खोटाङ र ओखलढुङ्गाको कोशी किनारमा बसोबास गर्ने स्थानीय बासिन्दा जोखिम परेका छन् । दूधकोशीमा बाढी आउन लागेपछि खोटाङको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका र रावाबेँसी गाउँपालिकाले नदी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सोलुखुम्बुमा आएको बाढी खोटाङ आसपासमा आइपुग्न केही घण्टा लाग्ने अनुमान छ । थामेखोलाको बाढी थामेखोलाको बाढी क्रमशः भोटेकोशी हुँदै दूधकोसीतर्फ झरेपछि जिल्ला विपद् व्यवस्थापन समिति खोटाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की नेतृत्वको टोली सम्भावित बाढी प्रभावित क्षेत्रमा प्रस्थान गरेका छन् ।

सोलुखुम्बुमा हिम ताल फुटेर वा हिमपहिराको कारणले बाढी आएको भन्ने यकिन भएको छैन । घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।

शेयर गर्नुहोस:

108
Shares