कालोबजारी गर्ने पेट्रोलपम्प सञ्चालक पक्राउ

प्यूठान । पेट्रोलियम पदार्थ अभावको अवसर पारी पेट्रोलमा कालोबजारी गर्ने एक जना पेट्रोलपम्प सञ्चालन पक्राउ परेका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सन्तोषी आयल स्टोर बाङगेशाल–६ दर्भानका सञ्चालक शान्ता थपलियालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लामा तेलको अभाव भएपछि जिल्ला आपूर्ति व्यवस्थापन समितिले उक्त पम्पलाई दिइएको तीन हजार लिटर पेट्रोल र सोही परिमाणको डिजलमा कालोबजारी गरेको…