मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भूकम्प प्रभावित जिल्लाको अनुगमन गर्न टोली गाउँगाउँमा

भूकम्प प्रभावित जिल्लाको अनुगमन गर्न टोली गाउँगाउँमा


काठमाडौँ, १७ पुस । पूर्व सभासद् विनोद पहाडीको नेतृत्वमा गठित एक अध्ययन टोलीले भूकम्प प्रभावित विभिन्न जिल्लाको अध्ययन गरेको छ । 
समता फाउन्डेसन र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) ले संयुक्तरूपमा आयोजना गरेको सो अध्ययन टोलीले दोलखा, सिन्धुपाल्चोक, गोरखा र तनहुँ जिल्लाका भूकम्प प्रभावित दलित र सीमान्तकृत सुमदायको आवस्थाबारे अध्ययन तथा अनुगमन गरेको हो । 
 
टोलीले त्यहाँका स्थानीय भूकम्पपीडित, नागरिक समाज, गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि र अन्य सरोकारवाला व्यक्तिसँग समेत छलफल गरेको संयोजक पहाडीले जानकारी दिनुभयो । 
 
टोलीमा सहसंयोजक डा बुद्धि नेपाली र सदस्यहरू सभासद् कमला विश्वकर्मा, दलित अधिकारकर्मीद्वय गौरा नेपाली र गोपालवादी राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सचिव भुवन सुनार र अनुसन्धानकर्ता तेजमान तामाङ रहनुभएको छ ।  
 
अनुगमनका क्रममा भूकम्पपछि पुनःनिर्माण कार्यले प्राथमिकता नपाउँदा टहरामै बस्न बाध्य खास गरी आर्थिक रूपमा विपन्न दलित र उत्पीडित समुदाय चिसोका कारण बिरामी पर्दै गएको पाइएको सभासद् तथा टोली सदस्य कमला विश्वकर्माले राससलाई जानकारी दिनुभयो । 
 
“भूकम्प प्रभावित जिल्लाका दलित र उत्पीडित समुदायमा आवास, खाद्यान्न, लत्ताकपडाको समस्या हुँदा बिरामी बढ्दै गएको पाइएको छ” – संयोजक पहाडीले भन्नुभयो । टोलीले भूकम्प प्रभावित अन्य जिल्लाको समेत अनुगमन गर्ने उहाँको भनाइ छ । रासस