मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डिआइजीको छोरी भन्दै ठगी गर्ने युवती पक्राउ

डिआइजीको छोरी भन्दै ठगी गर्ने युवती पक्राउ


काठमाडौँ, २१ पुस । काठमाडौँ, पोखरालगायतका विभिन्न स्थानमा चिकित्सक तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी)को छोरी हुँ भन्दै ठगी गर्दै हिँडेकी भगवती केसीलाई महानगरीय अपराध महाशाखाले सार्वजनिक गरेको छ । 
 
गुल्मी, हस्तिचौर–९ की २३ वर्षीया केसीले चिकित्सक सुहाना, अदिती, सृष्टीलगायतका नक्कली नामको प्रयोग गरी विभिन्न कलाकर्मी, युवा तथा होटल व्यवसायीलाई ठगी गर्दै आएको आरोपमा महाशाखाको टोलीले उनलाई हिजो सिनामङ्गलबाट पक्राउ गरेको हो ।
 
उनले ठगी गर्नका लागि चिकित्सक सुहाना केसीको नाममा नक्कली आइडी, फेक भाइबर नम्बर प्रयोग गर्नुका साथै विभिन्न व्यक्तिका कागजपत्र र फोटो राखी नेपाल टेलिकम र एनसेलका सिमको प्रयोग गर्ने गरेको, विभिन्न होटलमा गई म डिआइजी सनत केसीको छोरी हुँ भनी परिचय दिई होटलको बिल नतिरी ठगी खाने गरेको र विभिन्न व्यक्तिलाई म डिआइजी हुँ मेरो छोरीको रेखदेख गरिदिनु भनी फोन गर्न लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
अभियुक्त केसीले एक वर्षअघि पोखराका विभिन्न अस्पतालमा चिकित्सक बनेर बिरामीको जाँच गरेको बहाना बनाउनुका साथै चिकित्सकसँग समेत विवाह गर्ने भन्दै सँगै बसी ठगी गर्दै आएको र सोबारे पोखराको स्थानीय पत्रिकाले समाचार प्रकाशन गरेपछि उनी काठमाडौँ छिरेको प्रहरीले बताएको छ । 
 
काठमाडौँ आएपछि पनि उनले विभिन्न चिकित्सक, युवक तथा होटलमा ठग्दै आएको बुझिएको छ । प्रहरीले उनले प्रयोग गर्ने ९ वटा मोबाइल नम्बरसमेत सार्वजनिक गरेको छ ।
 
प्रहरीको अनुसन्धानबाट खुलेका कुराहरु :
 
१. ठगी गर्नको लागि डाक्टर सुहाना केसी नामको नक्कली फेसबुक आइडी, नक्कली भाइवर नम्बर प्रयोग गर्नुका साथै विभिन्न व्यक्तिहरुको कागजपत्र र फोटो राखी एनटिसी र एनसेलका सिमहरु प्रयोग गर्ने गरेको ।
 
२. विभिन्न होटलमा गई आफूलाई डिआइजी सनत केसीको छोरी हूँ भनि परिचय दिई होटलको बिल नतिरी ठगी खाएको, बिभिन्न स्टोरबाट सामान लिई ठगी गरेको, अन्य ब्यक्तिलाई म डिआइजी हुँ मेरो छोरीको रेख देख गरिदिनु भनि फोन गर्न लगाएको ।
 
३. १ वर्ष अगाडी पोखराका विभिन्न अस्पतालहरुमा चिकित्सक बनेर बिरामीलाई चेकजाँच गरेको बहाना बनाउनका साथै डाक्टरहरुलाई समेत बिवाह गर्ने भनिसँगै बसी ठगी गर्दै आएको खुलेको ।
 
४. २०७२ वैशाख १३–१४ काठमाडौं प्रवेश गरी विभिन्न डाक्टर, युवा तथा होटलमा ठग्दै आएको ।
५. मिति २०७१।०६।२६ गते डाक्टर हुँ भनि वैवाहिक सम्बन्ध राख्ने प्रयास गरेकोमा बिवाद हुँदा प्रभाग सातदोबाटोमा १ रात थुनामा रहेको ।