मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मधेसी मोर्चासँग भोलि निर्णायक वार्ता हुने : अध्यक्ष दाहाल

मधेसी मोर्चासँग भोलि निर्णायक वार्ता हुने : अध्यक्ष दाहाल


विराटनगर, १८ पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मधेसी मोर्चासँग भोलि समझदारी हुने प्रवल सम्भावना रहेको बताउनुभएको छ ।
 
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले शुक्रबार मोर्चासँग औपचारिक, अनौपचारिक वार्ता भएको र बेलुकी महन्थ ठाकुरसँग पनि यस विषयमा छलफल भएको जानकारी गराउनुभयो ।
 
नेपाली काँग्रेस, नेकपा(एमाले) र मधेसी मोर्चाबीच भोलि हुने वार्ताको विषय र प्राप्त निष्कर्षमा आफ्नो पार्टीको सहमति रहेको उल्लेख गर्दै उहाँले संशोधन प्रस्तावमा समझदारी बन्दै गइरहेको र वैवाहिक अङ्गीकृत नागरिकताको विषयमा प्रचलित कानुन वा जे राखे पनि आफ्नो पार्टीको सहमति रहेको स्पष्ट पार्नुभयो ।
 
–ः १३ ः–
 
उहाँले सीमाङ्कनको विषय जटिल भएकाले यसलाई राजनीतिक वा संसदीय समिति बनाएर तीन महिनाभित्रमा सहमति गर्ने विषयमा मधेसी मोर्चालाई लचिलो हुन आग्रह गर्नुभयो ।
 
चार महिनादेखि मुलुकको जनजीवन कष्टकर बनेको भन्दै अध्यक्ष दाहालले भूकम्पपीडित जाडोमा विलाप गरिरहेकाले यस समस्यालाई यथाशीघ्र समाधानका लागि मधेसी मोर्चालाई समस्या समाधानका लागि अग्रसर हुन आह्वान गर्नुभयो ।
 
मधेसी मोर्चाको तर्फबाट नयाँ माग आइरहेको भन्दै उहाँले यस्ता मागका कारण बन्दै गइरहेको समझदारी बिग्रने सम्भावना सिर्जना हुन सक्ने विषयमा चिन्ता व्यक्त गर्नुभयो ।
 
भारतले आपूmलाई संविधानमा हिन्दू राष्ट्र उल्लेख गर्र्नुपर्छ वा धर्मनिरपेक्ष राख्नुहुन्न भन्ने विषयमा कहिले पनि सुझाव नदिएको स्पष्ट पार्दै उहाँले धार्मिक स्वतन्त्रताका साथै प्रलोभनमा पारेर धर्म परिवर्तन रोक्ने सम्बन्धमा सुझाव प्राप्त भएको जानकारी गराउनुभयो ।
 
सरकारबाट मन्त्रीहरू फिर्ता गराउने हल्ला गलत रहेको भन्दै उहाँले भोलि पार्टीको बैठकमा सरकारको कामकाज र मन्त्रीहरूका बारेमा चर्चा हुने बताउनुभयो ।
 
सुनसरीको इटहरीमा आज हुने कार्यक्रममा सहभागी हुन उहाँसहित पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरू आउनुभएको हो । रासस