मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेसमा नेतृत्व फेरिन्छ : नेता महत

काँग्रेसमा नेतृत्व फेरिन्छ : नेता महत


बागलुङ, १७ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले आउँदो महाधिवेशनले काँगे्रसको मूल नेतृत्व परिवर्तन गर्ने बताउनुभएको छ ।
 
नेपाल प्रेस युनियन, बागलुङले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले पुरानै नेतृत्व दोहोरिन नसक्ने धारणा राख्नुभयो । 
 
सुशील कोइराला पुनः सभापति हुने सम्भावना नरहेको भन्दै उहाँले अर्को विकल्प आउनसक्ने संकेत गर्नुभयो । “अहिलेकै सभापति फेरि सभापति हुने कुरा आउँदैन” – नेता महतले भन्नुभयो ।
 
सहमति बन्ने अवस्थामा नेता शेर बहादुर देउवा र वर्तमान उपसभापति रामचन्द्र पौडेल पनि सभापति बन्ने सम्भावना जीवित रहेको नेता महतले बताउनुभयो । नेता महतले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकार हटाउने अभियानमा नलागेको प्रष्ट पार्नुभयो । ‘हामी अहिलेको सरकार हटाउने अभियानमा छैनौं, बरु सरकार आफ्नै गतिविधि र बोझले हट्ने सम्भावना म देख्छु’ नेता महतले भन्नुभयो । 
 
उहाँले मुलुकको वर्तमान सङ्कट समाधानका लागि सरकार गम्भीर नभएको आरोपसमेत लगाउनुभयो । वार्ता र सहमतिकै माध्यमबाट समस्याको हल हुनेमा जोड दिदैँ नेता महतले ‘आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा आउन आग्रह गर्नुभयो ।’ 
 
आपूर्तिमा भएको अवरोधका कारण इन्धनलगायत दैनिक उपभोग्य वस्तुमा देखिएको चरम मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारले कडाइ गर्नुपर्ने उहाँको भनाइ  थियो । रासस