चीन भ्रमणमा उच्चस्तरको सम्बन्ध बनाउन सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा परराष्ट्र सचिवसँग परामर्श गर्नुभएको छ ।   बालुवाटारमा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चीन घनिष्ट मित्रराष्ट्र भएकाले दुई देशको सम्बन्धलाई कसैसँग तुलना नगरी मित्रवत् रुपमा अघि बढाउन सुझाव दिएको बताउनुभयो ।   “अन्तर्राष्ट्रिय सम्बन्ध अत्यन्त संवेदनशील हुन्छन्, आन्तरिक तयारी…