मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुनसरीमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

सुनसरीमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु


इनरुवा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–१९ मा बिहीबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१त ३२८८ नंको ट्र्याक्टर आफै अनियन्त्रित भई राजमार्गको छेउमा रहेको कलभर्टमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको हो । 
 
मृत्यु हुनेमा चितवन नारायणघाट बस्ने अन्दाजी २० वर्षका गौरव राय क्षेत्री रहेका छन् भने एकजनाको नाम थर खुल्न नसकेको जिल्ल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 
 
दुर्घटनामा परी घाइते भएका मृतकद्वयको उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याउने क्रममा बाटोमा मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । 
 
शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ भने ट्र्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ । 
 
भिरबाट लडेर मृत्यु
 
यसैबीच,सुदूरपश्चिमको पहाडी जिल्ला बाजुराको गुदुखाती गाविसमा भिरबाट लडेर ससुराली गएका एक युवकको बुधबार मृत्यु भएको छ । 
 
ससुराली गएका बेला जङ्गलबाट दाउरा लिएर फर्किने क्रममा ढुङ्गासँगै भिरबाट लडेर गुदुखाती–५ का २२ वर्षीय उद्धव धामीको मृत्यु भएको र आज जिल्ला अस्पताल ल्याएर शव परीक्षणपछि आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिनुभयो । रासस