मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारको विकल्प खोज्ने बेला भइसक्यो : प्रदीप पौडेल

सरकारको विकल्प खोज्ने बेला भइसक्यो : प्रदीप पौडेल


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदीप पौडेलले यो सरकारको बिकल्प खोज्ने बेला र्भसकेको बताएका छन् । आज भक्तपुर रक्त सञ्चार क्लबले गरेको साक्षात्कार कार्यक्रममामा बेल्दै नेता पौडेलले वर्तमान सरकार पूर्णरुपमा असफल भएकाले यो सरकार परिवर्तन गर्ने बेला भएको बताएका हुन् ।
 
उनले नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएका कारणले पनि सरकारको नेतृत्वका लागि अघि बढ्ने धारणा राखेका छन् । नेपाली कांग्रेसको महाधिवेशनपछि संसदीय दलको नेताको चयनका लागि प्रक्रिया अघि बढेको भन्दै संसदीय दलको नेता सर्वसम्वतबाट चयन नभई निवार्चनबाटै चयन हुने अवस्था सृजना भएको उनले बताए । नेपाली कांग्रेसको महाधिबेशनले बैचारिक पक्षलाई भन्दा पनि कसलाई सभापति र पदाधिकारीमा निर्वाचित गर्ने भन्नेमा केन्द्रित बनेको बताए ।
 
हरेक राजनीतिक दलहरुले नेपालीको हित अनुसार काम गर्न नसक्दा छिमेकीले समेत आफ्नो अनुकुल प्रयोग गराइरहेकाले देशले अघोषित नाकाबन्दी भोग्नु परेको भन्दै विदेश नीतिअनुसार नेपालका राजनीतिक दलहरुको परिचालन भए कसैले पनि नेपालको अहित सोच्न नसक्ने उनको धारणा थियो ।
 
राजनीतिक दलहरुले घोषणापत्र–अनुसार काम गर्ने परिपाटी नभएकाले देशका युवा शक्ति विदेश पलायन हुन बाध्य भएकाले युवाहरुका लागि रोजगारको सृजना गरि देश  विकासमा लाग्ने वातावरण तयार पार्न सबै राजनीतिक दल एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।