मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संसद् छलेर अध्यादेश ल्याउँदैनौँ : मन्त्री पोखरेल

संसद् छलेर अध्यादेश ल्याउँदैनौँ : मन्त्री पोखरेल


बर्दिवास । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकार सार्वभौम संसद्लाई छलेर कुनै अध्यादेश ल्याउने तयारीमा नरहेको  प्रस्ट्याएका छन् । एकीकृत नेकपा (माओवादी) का सचिवसमेत रहनुभएका मन्त्री पोखरेलले आज महोत्तरीको बर्दिवास–४ स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाका छात्रछात्रालाई पाठ्यपुस्तक वितरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । 
सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री पोखरेलले सरकार संसद्को बर्खे अधिवेशन बोलाउने तयारीमा लागिसकेको जानकारी दिए । सरकार जनता र संसद्प्रति उत्तरदायी रहेकाले लोकतान्त्रिक मूल्य मान्यतामा आँच आउन नदिन प्रतिबद्घ रहेको उनको भनाइ थियो । 
सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमबारे छलफल र अन्य तयारी बढाइसकेकाले अहिले अध्यादेशबारे सुनिने कुरा निराधार रहेको पोखरेलले बताए । 
संसद् नचलेका बेला मुलुकको आवश्यकताका लागि तत्काल अध्यादेशबाट काम गर्नुपर्ने परिस्थिति आइपर्दा अध्यादेशको अभ्यास लोकतान्त्रिक प्रणालीकै अङ्ग भएपनि सरकारले अहिले यतातिर नसोचेको मन्त्री पोखरेलले स्पष्ट पारे । 
मन्त्री पोखरेलले सोमबार विद्यालयका प्राथमिक तहका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण गर्दै अबका दुई दिनभित्र मुलुकका सबै विद्यालयमा पाठ्यपुस्तक पुगिसक्ने गरी काम अघि बढाइएको जानकारी दिए । 
मन्त्री पोखरेलले सोमबारै बर्दिवास–१ स्थित देउराली उच्चमावि र बर्दिवास–३ स्थित जनजागृति राष्ट्रिय प्राथमिक विद्यालयका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण गरेका थिए । रासस 
 

शेयर गर्नुहोस:

0
Shares