नवलपरासी । गत वर्षको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाको स्मृतिमा नवलपरासीमा धरहराको प्रतिमूर्ति स्थापनाको शुभारम्भ गरिएको छ ।प्रगतिनगरमा रहेको जनज्योति उच्च मावि प्राङ्गणमा १५ लाखको लागतमा निर्माण पूरा हुने धरहराको प्रर्तिमूति २१ मिटर अग्लो निर्माण गर्न लागिएको हो ।
निर्माण गर्न लागिएको नेपालको ऐतिहासिक महत्व बोकेको धरहराको प्रर्तिमूतिको नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले शिलान्यास गरे । सो अवसरमा नेता आचार्र्यले पर्यटकीय तथा ऐतिहासिक मह¤व बोकेको धरहरा पुनःनिर्माण आवश्यक रहेको चर्चा गर्दै नयाँ बन्ने धरहरा प्रतिमूर्तिले भूकम्पमा भत्किएका धरोहरको चिरस्मरण गराइ रहने धारणा राखे ।
सिनेमा घर प्रयोगविहीन
नवलपरासीका सबै चलचित्र (सिनेमा) घर यतिबेला चलचित्र देखाउनेभन्दा अन्य काममा प्रयोगमा आएका छन् । बढ्दो सहरीकरणसँगै सञ्चार प्रविधिको उच्चतम विकासले चलचित्र देखाउने कामका लागि ती भवन प्रयोगविहीन भएका हुन् ।
नवलपरासीको सदरमुकाम परासी, सुनवल, बर्दघाट, अरुणखोला, गैडकोट, रजहरलगायत जिल्लामा रहेका सबै चलचित्र घर अर्कै प्रयोजनमा लगाई यसबाट घरधनीले झिनो आम्दानी प्राप्त गरेका छन् ।
जिल्लामा रहेका करिब एक दर्जन यस्ता सिनेमा हल चलचित्र प्रदर्शन गर्ने भवन यतिबेला पूर्णरुपमा सिनेमा देखाउने काम बन्द भएका छन् । यस्ता भवन कुनै गोदाम, कुनै पार्टी प्यालेस, राइस मिल, कुनै खेलका कवर्डहलको रुपमा प्रयोगमा आएका हुन् । घरघरमा इन्टरनेटको पहुँच र यसबाट तत्कालै आफूले चाहेको मनोरञ्जनको साधन प्राप्त हुने भए पछि पनि चलचित्र घर गोदाममा प्रयोग हुन थालेका छन् । रासस
प्रतिक्रिया