चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले संविधान कार्यान्वयनका लागि ठूलो दल नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने बताएका छन् । अबको सरकारको नेतृत्व नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने पनि उनले बताए । प्रेस युनियन चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रिय सहमतिको सरकार बनेर त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्ने बताए…