मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१३ वर्षअघिको बेवारिसे बम निस्क्रिय

१३ वर्षअघिको बेवारिसे बम निस्क्रिय


दैलेख । तत्कालीन द्वन्द्वका बेला करिब १३ वर्षअघि गाडिएको बेवारिसे बम नेपाली सेनाको टोलीद्वारा बुधबार निस्क्रिय पारिएको छ । 
 
नारायण नगरपालिका–१ पुरानो बजार बारुथथाननजिक चन्द्रप्रसाद सिग्देलको बारीमा गाडेर राखिएको बम मकै गोड्न जाने क्रममा मङ्गलबार स्थानीयले फेला परेका थिए । 
 
बम भेटिएलगत्तै स्थानीय बासिन्दाले नेपाली सेना र जिल्ला प्रहरीलाई खबर गरेका थिए । सुर्खेतको काली दल गणबाट आएको बम निस्क्रिय टोलीले बुधबार बिहान १० बजे निस्क्रिय गरेको हो । 
 
सो बम एकासी मिमी नामक बमको सेल हुनसक्ने बताइएको छ । बम शक्तिशाली भएकाले ठूलो क्षति हुनसक्ने आशङ्का भएपछि नेपाली सेनाले नगरपालिका–८ तर्ताङमा रहेको खुला स्थानमा लगेर निस्क्रिय गरेको थियो । 
 
प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, समरसुर गुल्मका सेनानी सूर्यकान्त घिमिरे, प्रहरी प्रमुख वीरबहादुर वलीको समेत उपस्थिति रहेको थियो । रासस