चितवन । मानवअधिकारवादी नेता कष्ण पहाडीले आन्दोलनरत समुदायविरुद्ध अप्रिय र तुच्छ अभिव्यक्ति नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । पहाडी संस्थापक सभापति रहेको मानवअधिकार तथा शान्ति समाजले भरतपुरमा आयोजना गरेको ‘स्वाभिमान अभियान’ कार्यक्रममा उनले यस्तो अपिल गरेका हुन् । ‘प्रधानमन्त्री राज्यको अभिभावक हो । उसको बोलीले कसैको घाउ थप बल्झनु हुँदैन’ पहाडीले…