मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महासंघ प्रतिनिधि मण्डल मकाउ प्रस्थान

महासंघ प्रतिनिधि मण्डल मकाउ प्रस्थान


मकाउमा हुने सातौं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी तथा निर्माण मञ्चको कार्यक्रममा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल त्यस तर्फ प्रस्थान गरेको छ । महासंघका महासचिव रामशरण देउजा नेतृत्वको टोली मकाउ गएको हो । टोलीमा महासंघका सदस्य रत्नबहादुर खड्का तथा निर्माण व्यवसायी संघ रुकुमका अध्यक्ष शुरत जंग मल्ल रहनु भएको छ ।
 
कार्यक्रममा नेपाली प्रतिनिधमण्डलले  नेपालमा अन्तर्राष्ट्रिय प्रविधि र लगानी कसरी भित्र्याउन सकिन्छ भन्ने बारेमा सरोकारवालाहरुसँग छलफल गर्ने महासचिव देउजाले बताउनु भयो । प्रतिनिधि मण्डललाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा महासंघका कार्यालय प्रमुख कृष्ण बहादुर पोखरेल, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतले मंगलवार राति बिदाई गर्नु भएको थियो । बुधवारबाट सुरु भएको सम्मेलन यही शुक्रबार सकिनेछ ।