मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बन्दका कारण चितवनको जनजीवन प्रभावित

बन्दका कारण चितवनको जनजीवन प्रभावित


चितवन । नेकपा माओवादी (विप्लव समूह)ले आज आह्वान गरेको बन्दको प्रभाव चितवनमा बिहानैदेखि परेको छ । 
 
बन्दका कारण छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने लामो दूरीका सवारीलाई प्रहरीले सुरक्षित गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले नारायणगढको पुल्चोक, लोथर र कुरिनटार क्षेत्रबाट एस्कर्टिङ गरेर जिल्लाबाट सुरक्षित आवागमन गराइएको बताउनुभयो । 
 
बन्दका कारण यहाँका शैक्षिक संस्था, कलकारखाना, व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् । बजार बन्द भएको छ भने भित्री बजार भने आंशिकरुपमा खुलेका छन् । 
 
माओवादीले झापा, जुम्ला र धादिङमा आफ्ना नेता कार्यकर्ता पक्राउ परेको विरोधमा पश्चिम ताम्सालिङ, मेची र कर्णाली प्रदेश आज बन्द आह्वान गरिएको सो पार्टीले जनाएको छ । पश्चिम ताम्सालिङमा चितवन, धादिङ, नुवाकोट र रसुवा जिल्ला पर्दछन् । रासस