मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वरिष्ठ संगीतकार गुरुङको अवस्था ‘चिन्ताजनक’

वरिष्ठ संगीतकार गुरुङको अवस्था ‘चिन्ताजनक’


काठमाडौं । विगत एकसातादेखि ग्राण्डी अस्पतालमा उपचार गराइरहनु भएका वरिष्ठ संगीतकार अम्बर गुरुङको अवस्था निकै चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । स्वास प्रश्वास, अन्ननलीमा समस्या, मधुमेह जस्ता समस्याले च्यापेपछि गुरुङको उक्त अस्पतालमा उपचार भइरहेको छ ।
 
यसअघि केही सञ्चारमाध्यमहरुमा उनको निधन संबन्धि समाचार प्रकाशित भएकोमा अवस्था चिन्ताजनक मात्र रहेको अस्पतालले जनाएको छ। देश बाहिर रहेका उनका कान्छा छोरा शरद गुरुङ केहीबेरमै अस्पतालमा पुग्ने जनाइएको छ । 
 
– यसअघि गुरुङका बारेमा प्रकाशित समाचार गलत भएको अस्पतालले औपचारिक रुपमा जनाएकोले सच्याइएको छ । गलत समाचारका कारण परिवारजन र पाठकहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं । 
 

शेयर गर्नुहोस:

0
Shares