शवपरीक्षण गर्न घाटबाट लास फिर्ता !

दमक । झापाको गौरादहमा दाहसंस्कारका लागि घाट लगिएको लास प्रहरीले फर्काएर शवपरीक्षण गराएको छ ।    गौरादह नगरपालिका–२ स्थित बजारमा भाँडा पसल चलाएर बसेका ५४ वर्षे केशव थापाको शव प्रहरीले बिहीबार घाटबाट उठाएर शवपरीक्षणपछि परिवारलाई जिम्मा लगाएको हो ।    इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले विष सेवनबाट मृत्यु भएका थापाको आवश्यक…