मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

क्यान्सर अस्पतालमा चितवन प्रशासनको अनुगमन

क्यान्सर अस्पतालमा चितवन प्रशासनको अनुगमन


चितवन । अस्पतालको सेवा सुविधाको विषयमा जनगुनासो बढेपछि अनुगमन गरिएको छ । 
 
प्रजिअ विनोदप्रकाश सिंहको नेतृत्वमा अनुसन्धान प्रमखु माधव तिमिल्सेना, प्रहरी प्रमुख वसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख विदुर खड्का, चितवन सरकारी वकिल श्रीमणि न्यौपानेको संयुक्त टोलीले अस्पताल निरीक्षण गरेको थियो ।
 
निरीक्षणका क्रममा बिरामीका आफन्तले सेवा ठीक नभएको गुनासो गरेका थिए । 
 
ल्यावमा हुने परीक्षण पनि भित्र नभएर बाहिर जान बाध्य भएको गुनासो बिरामीले गरेका थिए । अस्पतालको प्याथोलोजी सेवामा दैनिक वार्डको बिरामीहरुको जाँच गर्न कठिनाइ भएको बताइएको छ ।
 
निरीक्षणको क्रममा टोलीले अस्पतालका कार्यकारी निर्देशक, उप कार्यकारी निर्देशक र अन्य कर्मचारीसँग पनि अस्पतालको सेवा सुविधाबारे सोधपुछ गरेका थिए । 
 
क्यान्सर अस्पतालभित्रका कर्मचारी र बाहिरका केही व्यक्ति पक्राउ गरी मुद्दा नै चलाएपछि हाल बिचौलियको धन्दा भने निकै कम भएको अस्पतालले जनाएको छ ।