डोल्पा (दुनै) । डोल्पाको त्रिपुराकोट गाविस–३ रल्लीका नरबहादुर नेपालीको खर्च अभावमा उपचार हुन सकेको छैन । विपन्न दलित समुदायका उनी नजिकै रहेको महाकवि प्राथमिक विद्यालयबाट पढेर घर फर्कने क्रममा बाटोमा लडेर देब्रेहात भाँचिएर थला परेका छन् । कक्षा १ मा पढ्दै गरेका ७ वर्षीय उनको हात भाँचिएको एक हप्ता भइसक्दा पनि उपचार भएको छैन…