मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कञ्चनपुरबाट तीन सय चेलीको उद्धार

कञ्चनपुरबाट तीन सय चेलीको उद्धार


भीमदत्तनगर । प्रहरीले पश्चिमी सीमानाका कञ्चनपुरबाट बितेको एक वर्षमा तीन सयभन्दा बढी चेलीको उद्धार गरेको छ । 
 
पछिल्ला वर्षमा पश्चिमी नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गइरहेको छ । प्रहरी र माइती नेपालको प्रयासमा भारतलगायत तेस्रो मुलुक दलालमा प्रलोभनमा परी जान लागेका महिला तथा बालबालिकालाई सीमाक्षेत्रबाट उद्धार गरिएको हो । 
 
गत वर्ष वैशाखमा गएको भूकम्पपछि कञ्चनपुरका नाका चेलीबेटी बेचबिखन तथा भारतलगायत तेस्रो मुलुक पैठारीका लागि दलालले प्रयोग गरिरहेको माइती नेपाल कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको महिला एकाइका प्रहरी कर्मचारी सपना ऐरीले दिएको जानकारीअनुसार आव २०७२÷७३ मा यो नाकाबाट ३०० महिला तथा युवतीको सीमानाकाबाट उद्धार गरिएको हो । 
 
गत आवमा मानव बेचबिखनका १५ वटा मुद्दा दर्ता भएका थिए । ‘आव २०७१÷७२ मा सातवटा मुद्दा दर्ता भएका थिए,’ उनले भने– ‘यो वर्ष विगतको भन्दा मानवबेचबिखन धेरै बढ्यो ।’ भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोक, नुवाकोट, रसुवाका साथै झापा, मकवानपुर र सोलुखुम्बु जिल्लाका महिला बढी सङ्ख्यामा यहाँबाट उद्धार गरिएको प्रहरी तथ्याङ्कले देखाएको छ । 
 
‘पहिले भारतका विभिन्न स्थानमा रोजगारीका लागि भन्दै विभिन्न प्रलोभनमा परेर महिलाहरु बेचिने गरेका थिए,’ प्रहरी जवान ऐरीले भने– ‘तर पछिल्लो समय भारतको नयाँ दिल्लीबाट तेस्रो मुलुक पठाउन सहज हुने भन्दै दलाल महिला बेचबिखनमा सक्रिय छन् ।’
 
प्रहरीले मानव बेचबिखनको जालो काठमाडौँदेखि दिल्लीसम्म सक्रिय रहेको जनाएको छ । ‘काठमाडौँदेखि दिल्ली रुटका बस दलाललाई मानव बेचबिखनका लागि सहज भएका छन्,’ प्रहरी स्रोतले भन्यो – ‘सीमानाका र बसमाथि कडा निगरानी राख्ने सके केही हदसम्म बेचबिखन नियन्त्रण हुनसक्छ ।’ रासस 

शेयर गर्नुहोस:

0
Shares