मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाह्य शक्तिको आडमा बनेको सरकाले जनताका समस्या समाधान गर्न सक्दैन: मोहन वैद्य

बाह्य शक्तिको आडमा बनेको सरकाले जनताका समस्या समाधान गर्न सक्दैन: मोहन वैद्य


 
चितवन २३ साउन-
नेकपा माओवादी (क्रान्तिकारी) का अध्यक्ष मोहन वैद्य किरणले बाह्य शक्तिको आडमा बनेको सरकारले जनताको समस्या समाधान गर्न नसक्ने बताएका छन् । सरकार कसरी बनेको छ भन्ने कुरा अहिले दक्षिणतिरका पत्रपत्रिकाले लेखिरहेको भन्दै वैद्यले वर्तमान सरकारले देशमा देखिएका विद्यमान समस्या समाधान गर्न नसक्ने दावी गरे । आईतबार भरतपुरमा नेकपा माओवादी (क्रान्तिकारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यो सरकार पनि विगतको सरकारको निरन्तरता भएको बताए । उनले भने “यो सरकारले पनि उत्पीडित जनताको माग सम्बोधन हुने गरि कुनै काम गर्न सक्दैन ।”
 
संविधान संसोधन गरेर अहिलेको समस्या समाधान नहुने भन्दै उनले संविधानमा आमूल परिवर्तनको खाँचो रहेको बताए । उनले भने “संविधानमा आमूल परिवर्तन गर्न उत्पीडित जनताले क्रान्ति गर्नै पर्छ, दक्षिणपन्थी, अवसरवादीका विरुद्धमा लड्नै पर्छ ।”
 
पार्टीले माथिल्लो कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनी जिएमआरलाई दिएकोमा संघर्ष जारी राखेको भन्दै तामाकोशी स्वरुपमा कर्णालीको काम हुनु पर्ने बताए ।
 
देशमा विद्यमान सुकुम्वासी समस्या गम्भिर बनेको भन्दै उनले भदौ १५ गते देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने उनले जानकारी दिए ।  अब पार्टी एकीकरण सम्भव नरहेको भन्दै उनले सिपि गजुरेलको नेतृत्वमा छिटै संयुक्त मोर्चा गठन गरेर अघि बढ्ने बताए । “नयाँ जनवादी दिशामा मोर्चा जान्छ” बैद्यले भने “नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल काँग्रेस र एमालेहरुसँग घाँर्टी जोडेर अव

शेयर गर्नुहोस:

0
Shares