मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाढीपीडितका लागि डा केसीको निःशुल्क स्वास्थ्योपचार

बाढीपीडितका लागि डा केसीको निःशुल्क स्वास्थ्योपचार


राजविराज  । सप्तरीका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्योपचार गर्न आएका डा गोविन्द केसी आइतबार दोस्रो दिन पनि उपचारमा व्यस्त छन्  ।  
 
आइतबार  जिल्लाको तिलाठी गाविस– ७ स्थित  पाठशालामा  उहाँले निःशुल्क स्वास्थ्योपचार गर्दै छन् । सप्तरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा तिलाठीका युवाको आयोजनामा डा केसीले त्यहाँ रहेका बाढीपीडितका लागि हाडजोर्नी तथा नसासम्बन्धी रोगको निःशुल्क उपचार गरिरहेका छन् ।   
 
डा केसी आफैँले विभिन्न औषधि, फलफूललगायत सामग्री बोकेर सो ठाउँमा गएका हुन् । उक्त ठाउँमा आइतबारमात्रै उनले २५-३० जनाको निःशुल्क उपचार गरेकोे तिलाठीका युवक नीरज झाले जानकारी दिए ।  
 
डा केसी आएको खबर पाएपछि सकरपुरा, लोनिया, रम्पुरा मल्हनियाँ, कोलाडीलगायत आधा दर्जन गाविसका बाढीपीडित उपचारका लागि लाइनमा छन् । 
 
यसैबीच, बाढीबाट प्रभावित छिमेकी भारतको सुपौल जिल्लाअन्तर्गत कुनोलीका पाँच बाढीपीडितलाई समेत डा केसीले आइतबार निःशुल्क उपचार गरेको बताइएको छ  । यसअघि शनिबार डा केसीले तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा एक सय २५  बाढीपीडितको उपचार गरेका थिए । रासस

शेयर गर्नुहोस:

0
Shares