मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्र र जनताले सम्झने काम गर्छु : प्रधानमन्त्री दाहाल

राष्ट्र र जनताले सम्झने काम गर्छु : प्रधानमन्त्री दाहाल


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकले पछिसम्म सम्झनलायक काम गर्ने प्रतिबद्धता जनाएका छन् । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार कास्कीको ढिकुरपोखरी–काठमाडौँ समाजले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकसामु संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, भूकम्पपछिको पुनर्निर्माणलगायतका मह¤वपूर्ण कार्यभार रहेकाले ती काम पूरा गरेरै छाड्ने बताएका हुन् । 
 
प्रधानमन्त्री दाहालले भने, ‘अघिल्लोपटक नौ महिनामा नै सरकार छोड्नुपर्ला भन्ने लागेको थिएन, त्यसैले समयमा धेरै काम गर्न सकिएन, तर यसपटक राष्ट्र र जनताले युगौँसम्म सम्झनलायक काम गर्छु र मुलुकलाई एकताबद्ध बनाएर लैजान्छु ।’
 
प्रधानमन्त्रीले संविधानमा असन्तुष्टि जनाउँदै आएका दलको सहमतिमा संविधानको संशोधन, कार्यान्वयन, तीनवटा निर्वाचन सम्पन्न, सार्वजनिक सेवाको प्रभावकारिता र समृद्धि सरकारको प्रमुख प्राथमिकता रहेको बताए । 
 
प्रधानमन्त्री दाहालले भने, ‘मुलुकले आर्थिक समृद्धिको खाका खोजेको छ । त्यसका लागि परिणामुखी काम गर्ने पक्षमा छु । सबैको साथ र सहयोग रहोस् भन्ने कामना पनि गर्दछु ।’
 
उनले आफ्नो जन्म गाउँ ढिकुरपोखरीले शैक्षिक क्षेत्रमा ठूलो प्रगति गरेको भन्दै आधारभूत पूर्वाधार निर्माण र प्राविधिक क्षेत्रमा सहयोग उपलब्ध गराउने उल्लेख गरेको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।  
 
ढिकुरपोखरीका अगुवा एवम् समाजका पदाधिकारीले आगामी निर्वाचनमा कास्की क्षेत्र नं ४ बाट निर्वाचनमा उठ्न अपिल गर्दै पोलिटेक्निकल कलेज, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा सहयोग गर्न आग्रह गरेका थिए । रासस