मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मन्त्रिपरिषदमा एक तिहाइ महिला सहभागिताको माग

मन्त्रिपरिषदमा एक तिहाइ महिला सहभागिताको माग


काठमाडौँ । अन्तरपार्टी महिला सञ्जालले वर्तमान मन्त्रिपरिषद् विस्तार गर्दा न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै आज प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत गरेको छ ।  
 
विभिन्न १० राजनीतिक दलका महिला नेत्रीको साझा राजनीतिक मञ्चका रूपमा स्थापित सञ्जालले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी संवैधानिक आयोग, कूटनीतिक निकाय र विभिन्न निकायमा नियुक्ति गर्दा न्यूनतम एक तिहाइ महिला सहभागिता सुनिश्चित गर्नसमेत जोडदार माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।  
 
सो अवसरमा प्रधानमन्त्री दाहालले आफ्नै पहलमा राष्ट्रपति र सभामुख महिला भएको अवस्थामा मन्त्रिपरिषद् र राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका लागिसमेत पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकोे सञ्जालकी उपाध्यक्ष सावित्रा भुसालले जानकारी दिइन् । रासस