मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माइक्रोबसको ठक्करबाट धादिङमा दुई जनाको मृत्यु

माइक्रोबसको ठक्करबाट धादिङमा दुई जनाको मृत्यु


मलेखु (धादिङ) । पृथ्वी-राजमार्गअन्तर्गत बेनीघाट गाविसको मालिङ्गामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मंगलबार मृत्यु भएको छ ।
 
काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बा७३प ८६९२ नंको मोटरसाइकललाई काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना५ख ७२७८ नंको माइक्रोबसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । 
 
दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जा घर भएका २४ वर्षीय सोनम केसीको घटनास्थलमा नै तथा मोटरसाइकल पछाडि बसेका गुल्मीका २५ वर्षीय विकास अर्यालकोे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस