मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा बस दुर्घटना दुईको मृत्यु, नौजना घाइते

कैलालीमा बस दुर्घटना दुईको मृत्यु, नौजना घाइते


धनगढी । धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको सहजपुर सडकखण्डमा बिहीबार राति करिब १ बजे ना ६ ख १६९१ नंको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 
 
दुर्घटनामा बसमा सवार अन्य नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैैलालीले मृत्यु हुनेमा डोटी जिल्ला वासुदेवी गाविस– १ का २८ वर्षीय योगेन्द्र विक र २८ वर्षकै खगेन्द्र विक रहेका छन् । 
 
दिपायलबाट धनगढी आउँदै गरेको उक्त बस राति १।०० बजे सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 
घाइतेमध्ये डोटी जिल्ला लडागडा गाविसका ३५ वर्षीय महावीर कठायत र कैलाली जिल्ला अत्तरिया नगरपालिकाका २५ वर्षीय चालक शेरबहादुर कडायतको अवस्था गम्भीर रहेको छ । दुई जनालाई थप उपचारका लागि भारत सिफारिस गरिएको छ । 
 
अन्य सातजनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ । रासस