मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अरुको ज्यान बचाउन जोखिम मोल्थे पाइलट रञ्जन

अरुको ज्यान बचाउन जोखिम मोल्थे पाइलट रञ्जन


काठमाडौँ । झापाको धाइजन पीपलडाँगी घर भएका पाइलट रञ्जन लिम्बु आपतकालीन अवस्थामा रहेका मानिसलाई सेवा गर्न भनेपछि हुरुक्क हुन्थे । अरुको ज्यान जोगाउन जोखिम मोलेर उनी हेलिकोप्टर उडाउँथे । खराब मौसम र प्रतिकुल अवस्थामा पनि उनी उडानका लागि सधै तयार हुन्थे । जस्तोसुकै प्रतिकुल अवस्थामा पनि नाँइनास्ती नगर्ने उनको बानीका कारण उनी सबैका प्रिय र प्रशंसनीय थिए ।
 
उडान सर्कलमा उनले असल सेवकको छवि पनि बनाएका थिए । बेलायती लाहुरेको छोरा रञ्जनलाई हेलिकोप्टर उडाएर जागिर खानुपर्ने आवश्यकता थिएन । स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना भएका रञ्जन बेलायतमै पढे पनि परिवार छोडेर नेपाल फर्किए र २०११ मा फिस्टेल एयरमा सेवा सुरु गरे ।
 
फिसटेल एयरका सिनियर अप्रेशन म्यानेजर राकेश राणाले भने, ‘उसले नाइँ भनेको नै सुनिएन । अरुको ज्यान खतरामा छ भन्ने सुन्नेबित्तिक्कै जस्तोसुकै अवस्थामा पनि सधैँ तयार हुन्थे । उडानमा उनी कहिल्यै थाकेनन् । फिसटेल परिवारमै रञ्जन प्रेरणाको स्रोत थिए । उसको सेवाभाव देखेर हामी अचम्मित हुन्थ्यौं ।’
 
गोरखाको गाउँमा सुत्केरी छटपटाएको खबर सुन्नासाथ हेलिकोप्टर उडाउन पहिले रञ्जन नै तयार भएका थिए । खराब मौसम र विकट अवस्थितिलाई उनले परवाह गरेनन् । तर सुत्केरीलाई बचाउने उनको सपना पूरा भएन । आफूले पनि संसारबाट बिदा लिए । 
 
रञ्जनको उडान यात्रा निकै साहसिक र रोमाञ्चक देखिन्छ । हेलिकोप्टर उडानमा अनुभवी रञ्जन निकै विकट ठाउँहरुमा पनि उच्च आत्मविश्वासका साथ साहसिक उडान गर्दै आएका थिए । सिम्रिक एयरका क्याप्टेन विवेक खड्काले भने, ‘रञ्जन भाइ निकै सक्षम र आँटिलो पाइलट थियो । यो घट्ना सुन्दा दुःख लाग्यो ।’
 
जहाँ उडे पनि त्यहाँ अनौठा र सुन्दर तस्बिरहरु कैद गरेर फेसबुकमा पोस्ट गर्ने रञ्जन एरियल फोटोग्राफीमा निकै रमाएको देखिन्छ । संभवत गोरखा जाँदा र फर्किदा पनि उनले थुप्रै तस्बिरहरु थिए । तर अरु दिनजस्तो फेसबुकमा पोस्ट गर्न भने पाएनन् । उनले अकल्पनीय दुर्घटना बेहोर्नुप¥यो ।
 
झापा धाइजन पिपलडाँगी घर भएका लिम्बु सन् २०११ मा फिस्टेल एयरमा सेवा सुरु गरेका थिए । कोपाइलटबाट पाइलट भएका लिम्बुले १६ सय घन्टा जहाज उडान सम्पन्न गरिसकेका छन् । तस्बिरः फिस्टेल एयरको हेलिकप्टर चलाउँदै रञ्जन । जुन हेलिकप्टर दुर्घटनामा परेको हो । (रञ्जनको फेसबुकबाट)