मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणी नदीमा बेपत्ता डाक्टर अझै फेला परेनन्

नारायणी नदीमा बेपत्ता डाक्टर अझै फेला परेनन्


चितवन । तीन दिनअघि नारायणी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुईजना अझै फेला पर्न सकेका छैनन् । भरतपुर उपमहानगरपालिकाको काभ्रेघाटनजिकै गत शनिबार साँझ पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका थिए । 
 
वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा भरतपुर उपमहानगरपालिका–४ घर भएका चिकित्साशास्त्रका विद्यार्थी दीपक काफ्ले र कन्चनपुर जिल्लाको महेन्द्रनगरका डा पुकार खरेल रहेका छन् । काफ्ले भरतपुर मेडिकल कलेजमा बिडिएस अन्तिम वर्षमा अध्ययनरत र डा खरेल इन्टर्न गरिरहेका थिए । 
 
उनीहरूसँगै पौडी खेलेका एक जनाको बग्न लागेको अवस्थामा उद्धार गरिएको थियो । इन्टर्न र अन्तिम वर्षमा पढिरहेका आठजना बिदाको दिन पारेर पौडी खेल्न गएका थिए ।
 
वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक राजु थापाका अनुसार शनिबारदेखि नै उनीहरूको खोजी कार्य जारी रहेको छ । कुरिनटारमा रहेको सशस्त्र प्रहरीको उद्धार टोली र जनपथ प्रहरीले सोमबार पनि खोजी कार्य जारी राखेको छ । 
 
सोमबार साँझसम्म पनि उनीहरूलाई फेला पार्न नसकिएको थापाले बताए । खोजी कार्यमा परिवार र आफन्तसमेत जुटेको भए पनि नदीमा बाढी आएका कारण खोजी कार्य कठिन भएको उनले बताए ।

शेयर गर्नुहोस:

0
Shares