मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव : मन्त्री लेखक

संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव : मन्त्री लेखक


कञ्चनपुर । भौतिक पूर्वाधार तथा यातयातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव आवश्यक रहेको बताएका छन् ।
 
कञ्चनपुरको बेदकोट नगरपालिकामा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले स्थानीय निकाय निर्वाचनसम्बन्धी कार्य सरकारले चाडैं अगाडि बढाउने तयारी गरेकाले यसका लागि तयार रहन कार्यकर्तालाई आह्वान गरे । 
 
मन्त्री लेखकले स्थानीय निकायको चुनाव लामो समयदेखि नहुँदा विकास निर्माणको कार्यसमेत प्रभावित भइरहेकाले सक्दो चाँडो चुनाव गराउनु अनिवार्य छ भन्दै आगामी चैतभित्रमा स्थानीय निकायको निर्वाचन गराउने तयारी सरकारले गरेको बताए । 
 
सरकार गठनका लागि भएको कार्यगत एकता चैतसम्ममात्रै नभएर तीनवटै निकायका निर्वाचन गराउनसम्म भएकोमा जोड दिँदै उनले बाढीपीडित, सुकुम्वासी र आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गराउनका लागि सरकाले पहल गर्ने विचार व्यक्त गरे ।  
 
मन्त्री लेखकले बेदकोट नगरपालिकाको दैजी हुँदै पर्यटकीय क्षेत्र लिपनासम्मको सडक चालु आवभित्रै कालोपत्रे गर्नका लागि कार्य अगाडि बढाउने बताउँदै दैजी बेलडाँडी सडक कालोपत्रेका लागि कार्य भइरहेको जानकारी दिए ।  
 
महाकाली नदीमाथि नेपाली भू–भागमै चार लेनको पक्की पुल निर्माणका लागि कार्यअगाडि बढिसकेको पनि उनले उल्लेख गरे । रासस