मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सेनाको पुनःसंरचना आवश्यकताअनुसार हुने : रक्षामन्त्री खाँड

सेनाको पुनःसंरचना आवश्यकताअनुसार हुने : रक्षामन्त्री खाँड


चितवन । रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुने बताएका छन् । बुधबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले नेपाली सेनाले नेपाल एकीकरणदेखि राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकताका लागि पु¥याएको भूमिका महत्वपूर्ण रहेको बताए । 
 
फरक प्रसङ्गमा मन्त्री खाँडले संविधान संशोधन गरी मधेसवादी दलको मागलाई सम्बोधन गरिने बताए । त्यसका लागि सरकारले गृहकार्य सुरु गरिसकेको उनको भनाइ थियो । मन्त्री खाँडले भने, ‘संविधान संशोधनका लागि साझा धारणा बनाउने काम सुरू भएको छ ।’ मधेसवादी दलले राखेका मागको सम्बोधनपछि मात्र उनीहरू सरकारमा आउने वा नआउने टुङ्गो लाग्ने पनि मन्त्री खाँडले बताए । 
 
संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनले स्थानीय निकायको निर्वाचन समयमा नै हुने बताए । संविधान निर्माणमा जुटेका तीन ठूला दल संविधान कार्यान्वयनमा पनि एक हुने विश्वास उनले व्यक्त गरे ।
 
राज्य पुनःसंरचना गर्दा स्थानीय निकायको केन्द्रमा पुग्न बास बस्नुपर्ने अवस्था आउन नहुने र सानो भएर खर्च नधान्ने पनि हुन नहुने उनले बताए । 
 
नेपाली काँग्रेसका नेता खाँडले पार्टी विधानसम्मतरूपमा चल्ने कुरामा आफूले सहयोग गर्ने पनि बताए ।