ड्यालस (अमेरिका) – नेपालको सूदुरपश्चिममा मनाइने गौरा पर्व अमेरिकाको टेक्सास राज्यको ड्यालसमा भव्यताका साथ मनाइएको छ । नेपालको सूदुरपश्चिमबाट आएर ड्यालस फोर्थ-ओर्थमा वसोवास गरिरहेका सक्रिय सूदुरवासी नागरीकहरुले गौरा देवी सम्झदै लोकप्रिय सांस्कृतिक देउडा गीत गाउँदै सुदुरको संस्कृति र परम्पराकोलाई टेक्सस सम्म चिनाउन सफल भएका छन ।
नेपालको सूदुरपश्चिम क्षेत्रका महिलाहरुले आफ्नो सौभाग्य र सम्वृध्दिका लागि मनाईने निकै लोकप्रिय पर्व रुपमा गौरापर्वको लिने गरिन्छ । यस पर्व भाद्र पंचमीको दिनमा पञ्चान्नको बिरुडा (गहूँ, केराउ, गहत, मास, गुराँस) राखि सप्तमीको दिन बिरुडा पखाल्ने (धारा नौलामा) र गौरादेवी स्थापना गरि मठ मन्दिरमा गौरा भित्र्याउने गरिन्छ ।
गणेश र शिव-पार्वतीको पुजा गरि सूदुर पश्चिममा यो पर्वलाई बिशेष महत्वका साथ मनाईन्छ भने यस पर्वमा अष्टमीमा अठौली पूजा सहित गौरादेबीको पुजा आर्चना गरी चैत्य, धमारी, मंगल फाग, सहित देउडा गीत गाउने र गौरा स्वरुप तयार गरिएको साऊँको आकृती र महादेवको आकृति नचाउँदै रमाईलो गरी करिब १५ दिन सम्म यो पर्व मनाईने नेपालको सुदूर पश्चिमबाट अमेरिकामा अाएर बसोबास गरिरहेका सतिशप्रसाद अोझाले बताए ।
सूदुर पश्चिम नेपाली संस्कृतिको भण्डार हो । यी तमाम संस्कृती मध्ये गौरा पर्व पनि एक हो । जसमा भगवानको पुजा आराधना लगायत समाजमा रहेका सामाजिक, राजनैतीक लगायत अन्य बिभिन्न कुरुतीका पक्षमा कटाक्ष प्रहार गर्ने गरि लोकपृय देउडा खेल खेल्ने गरिन्छ । त्यसै अनुरुप प्रवासी नेपालीहरुका संस्थाले सूदुरलाई हेर्ने दृष्टिकोण लगायत दार्चुलाको बाढीपहिरो र अन्य क्षेत्रमा गरेको बिभेदात्मक सहयोगलाई ब्यङ्ग्यात्मक देउडाले टेक्ससलाई झुमाउन सफल भएको थियो ।







प्रतिक्रिया