मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतको सिमलामा रोल्पाका ६ नेपालीको मृत्यु

भारतको सिमलामा रोल्पाका ६ नेपालीको मृत्यु


रोल्पा । भारतमा एक हप्ता अगाडि आएको बाढीमा ६ नेपालीको मृत्यु भएको छ । भारतको सिमलामा आएको बाढीका कारण एकै घरपरिवारकाले ज्यान गुमाएका हुन् । 

 
ज्यान गुमाउनेमा रोल्पाको पश्चिम क्षेत्रमा पर्ने तालाबाङ–४ रिजाबाङका लक्षीराम पुनमगर, उहाँकी श्रीमती देउकली पुनमगर, ११ वर्षका छोरा परसु पुनमगर, ६ वर्षका छोरा सुरज पुनमगर, सात वर्षकी छोरी सुनिता पुनमगर र चार वर्षका छोरा कर्णबहादुर पुनमगर रहेको बताइएको छ । 
 
सो परिवार भारतको हिमाञ्चल प्रदेशको सिमला नजिकै १५ वर्ष पहिलेदेखि आलुखेती गर्दै आएको छिमेकी वीरबहादुर घर्तीले जानकारी दिनुभयो । यता जिल्ला प्रहरी कार्यालय रोल्पाले यसबारेमा आफूहरुलाई केही जानकारी नआएको बताएको छ । 
 
आर्थिक अभावका कारण धेरै रोल्पाली भारतको हिमाञ्चलमा जीविपार्जनका लागि जाने गर्दछन् । रासस