मधेस समस्या समाधानका लागि सरकार परिवर्तन : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसको समस्या समाधान गर्न सरकार परिवर्तन भएको बताएका छन् ।    नेपाल तरुण दल काठमाडौँ जिल्लाको चौंथो अधिवेशनको सोमबार उद्घाटन गर्दै नेता सिंहले १७ महिनाभित्र स्थानीय, प्रान्तीय र केन्द्रीय तह निकायको निर्वाचन गर्न निकै जटिल रहेको बताए । उनले भने, ‘तीनवटा निकायको निर्वाचन गर्न दलहरुबीच चाँडोभन्दा चाँडो राजनीतिक सहमति…