मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुवा खेल्दै गरेका २७ जुवाडे चितवनबाट पक्राउ

जुवा खेल्दै गरेका २७ जुवाडे चितवनबाट पक्राउ


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले तिहारको अवधिमा जुवा खेल्दै गरेका २७ जनालाई पक्राउ गरी जुवाको खालबाट रु आठ लाख ६५ हजार ९७० बरामद गरेको छ । 
 
भरतपुर उपमहानगरपालिका– ८ गौरीगञ्जबाट मंगलबार राति ११ जना व्यक्ति र उनीहरुको जुवा खालबाट रु पाँच लाख ३१ हजार ८२५ बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सोमबार राति भरतपुर उपमहानगरपालिका– १२ मुनालचोकबाट १६ जना व्यक्ति र उनीहरुको जुवाको खालबाट रु तनि लाख ३४ हजार १४५ बरामद भएको छ । 
 
प्रहरीले तिहारको समयमा जुवातास नियन्त्रण गर्न अभियान चलाएको भए पनि पेसेवर रुपमा उनीहरु मात्रै पक्राउ परेको श्रेष्ठले बताए । उनीहरु विरुद्ध जुवा ऐन २०२० अन्तर्गत मुद्दा चलाइने भएको छ । रासस