मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कारको ठक्करबाट महिलाको मृत्यु

कारको ठक्करबाट महिलाको मृत्यु


उर्लाबारी (मोरङ) । नम्बर नखुलेको कारको ठक्करबाट मोरङको विराटनगरमा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । 
 
कोसी राजमार्गअन्तर्गत विराटनगर–४ मा आइतबार राति नम्बर नखुलेको कारको ठक्करबाट मोरङ गोविन्दपुर–३ बस्ने अन्दाजी ३० वर्षीया सुशीला पोख्रेलको घटनास्थलमै मृत्यु भएको हो । 
 
ठक्कर दिने कारसहित चालक फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 
खुकुरी प्रहारबाट एक युवक गम्भीर
मोरङको मधुमल्लाका  एक युवा खुकुरी प्रहारका कारण गम्भीर घाइते भएका छन् । मधुमल्ला–८ पिपलडाँगीका अन्दाजी २७ वर्षीय उमेश अधिकारीलाई  सोही ठाउँका रविन अधिकारी लगायतका युवाले बिहान २ः३० बजे खुकुरी प्रहार गरेको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए । 
 
खुकुरी प्रहारबाट दाहिने खुट्टामा गहिरो चोट लागेर घाइते भएका अधिकारीको झापाको विर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने समूह फरार भएकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पुरानो रिसइबीका कारण खुकुरी प्रहार भएको प्रहरीको अनुमान छ । रासस