मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौँमा उच्च सुरक्षा सर्तकता, सुर्खेतमा प्रहरीचौकी आक्रमण

काठमाडौँमा उच्च सुरक्षा सर्तकता, सुर्खेतमा प्रहरीचौकी आक्रमण


काठमाडौँ । राजधानी काठमाडौँमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई लक्षित गरेर काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएर भव्य स्वागत भइरहँदा सुर्खेतको आग्रीगाउँस्थित देउली प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेर हतियार कब्जा गरेका छन् ।
 
करिव ३० जनाको संख्यामा रहेका स्थानीयबासीले बञ्चरो, हँसियालगायतका घरेलु हतियारले प्रहरी चौकीमा आक्रमण गरेका थिए । उनीहरुले प्रहरी चौकीमा तोडफोड गर्नुका साथै प्रहरीका हतियारहरु खोसेका छन् ।
 
क्षेत्रीय प्रहरी प्रमुख डीआईजी माधवप्रसाद नेपालले गाउँलेले चौकीबाट तीनवटा राइफल, एउटा पेस्तोल र एक सय ५० राउण्डभन्दा बढी गोली लुटेको जानकारी दिए ।
 
जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार मदिरा सेवन गरेका स्थानीय युवा र प्रहरीबीच विवाद भएको थियो । उक्त विवादले उग्र रूप लिएपछि स्थानीयले घरेलु हतियारसहित राति चौकीमै आक्रमण गरेर हतियार कब्जामा लिएका हुन् ।
 
चौकी आक्रमण र हतियार लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काफलकोट९९ का केशरसिंह ठकुरी, तिलक सिंह, प्रेम खत्री, चित्रबहादुर केसी, चन्द्रबहादुर सिंहलगायत छन् ।