प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेशमन्त्री स्वराजको स्वागत

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चारदिने राजकीय भ्रमणका क्रममा बिहीबार अपरान्ह नयाँदिल्ली आइपुगेका छन् ।    प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् ।    प्रधानमन्त्रीको स्वागतार्थ विमानस्थलमा यहाँस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, भारतको विदेश मन्त्रालयका उच्च अधिकारी तथा नेपाली दूतावासका अधिकृत उपस्थित थिए । …